
सहयोग गर्नुहोस्
अभियानको विवरण

सरसफाइ
हामीले हाम्रो स्थानीय सम्पदा मन्दिर परिसरलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले सरसफाइ कार्यक्रम सञ्चालन गरेका छौँ। हाम्रो सम्पदा केवल इतिहासको चिनारी मात्र नभई हाम्रो पहिचान र संस्कृतिको अमूल्य धरोहर पनि हो। यसलाई संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो। सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ हामी सबैलाई आफ्नो समुदाय र सम्पदाको संरक्षणमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौँ।

नौमती बाजा प्रशिक्षण कार्यक्रम
हाम्रो संस्थाले नेपालको मौलिक सांस्कृतिक सम्पदा नौमती बाजा को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले नौमती बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। यस कार्यक्रममार्फत स्थानीय युवा तथा समुदायका सदस्यहरूलाई नौमती बाजा बजाउने व्यावहारिक सीप प्रदान गरी उनीहरूलाई सांस्कृतिक रूपमा सशक्त र आत्मनिर्भर बनाउन सहयोग गरिएको छ। साथै, यस पहलले हाम्रो मौलिक परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो संस्कृति र पहिचानप्रति गर्व गर्न प्रेरित गरेको छ।

सामग्री हस्तान्तरण
देउमाई रूपान्तरणका लागि महिला संस्थाद्वारा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत योजना बैंकमा समावेश भएको महिला सशक्तिकरण तथा व्यवसाय प्रवर्द्धन सामग्री हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको छ। यस कार्यक्रममार्फत महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यका साथ आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। महिलाहरूलाई आत्मनिर्भर, उद्यमशील र सशक्त बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ संस्था निरन्तर समुदायको विकासमा प्रतिबद्ध रहेको छ।
सहयोग गर्नुहोस्

Quick Links
Other Pages
Contact Info
Copyright © 2026 Women for Conversion Deumai. All Right Reserved.



