
संस्थाको उद्देश्यहरू
लोकतान्त्रिक मूल्य मान्यताको आधारमा समुदायको सामाजिक साथै वातावरण संरक्षणको लागि नागरिकहरुको तर्फबाट योगदान गर्ने यस संस्थाको मुख्य उद्देश्य हुनेछ, भने यसका विशिष्ट उद्देश्यहरु निम्न बमोजिम हुनेछन्:
(क) महिला, सीमान्तकृत समुदाय, उत्पीडनमा परेका वर्ग, लिंग, क्षेत्र र समुदायहरुको आर्थिक, सामाजिक, वातावरणीय र सांस्कृतिक विकासको लागि योगदान गर्ने ।
(ख) विकासको लागि सार्वजनिक नीति, नियम वा रणनीति तर्जुमा तथा तिनीहरुको प्रभावकारी कार्यान्वयनको लागि नागरिकहरुको तर्फबाट योगदान पुर्याउने ।
(ग) सार्वजनिक जवाफदेहिता र सुशासन प्रवर्धन र वातावरण संरक्षणमा नागरिकहरुको तर्फबाट योगदान पुर्याउने ।
(घ) यो संस्था मुनाफारहित जनहितकारी सामाजिक संस्था हुनेछ ।
संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरु:
उपरोक्त उद्देश्यहरु प्राप्त गर्न संस्थाले नेपालको प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा ईजाजत प्राप्त गरी देहायका कार्यहरु गर्नेछ ।
(क) अध्ययन अनुसन्धानका कार्यहरु गर्ने,
(ख) अभिमुखीकरण, सचेतना, तालिम, कार्यशाला गोष्ठी, सेमिनार, अन्तरक्रिया, संवाद, छलफल, सम्मेलन, सुनुवाइ जस्ता क्रियाकलापहरु गर्ने ।
(ग) नागरिकहरुको तर्फबाट वकालत, पैरवी, अभियान, परिचालन, निगरानी, अनुगमनका कार्यहरु गर्ने ।
(घ) शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, संचार, वातावरण संरक्षण, जीविकोपार्जन जस्ता आधारभूत सेवा प्रवाहमा समुदायहरुको पहुँच वृद्धिको लागि योगदान पुग्ने खालका परियोजना तथा कार्यक्रमहरु संचालन गर्ने ।
(ङ) समान उद्देश्य भएका संघ संस्थाहरु समन्वय गरी उद्देश्य प्राप्तिमा योगदान पुर्याउने ।
(च) नागरिक संगठनहरुको प्रभावकारिता र जवाफदेहिताको लागि भूमिका खेल्ने ।
(छ) स्वदेशी तथा विदेशी संघ, संस्था, व्यक्तिसँग सम्पर्क समन्वय र भाइचारा सम्बन्ध बढाई ज्ञान, सीप, सहयोग आदानप्रदान गर्ने ।
(ज) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने र कम्प्युटर, टेलिफोन, फर्निचर जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्ने ।
(झ) लेख, रचना, पुस्तक, वेवसाइट, पम्प्लेट, बुलेटिन, विज्ञापन तथा श्रव्य, दृश्य प्रकाशित गर्ने वा देखाउने ।
(ञ) संस्थाको आर्थिक कोष वृद्धि गर्न आवश्यक कार्यक्रमहरु संचालन गर्ने र विभिन्न संघ संस्था तथा व्यक्तिसँग सम्पर्क, सम्वन्ध बढाई सहयोग आदानप्रदान गर्ने ।
(ट) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्ने तथा तीनको सेवा सर्तहरु निर्धारण गर्ने ।
(ठ) संस्थाले आफ्नो मातहतका कर्मचारी तथा कर्मचारी सरह कार्य गर्ने व्यक्तिहरुका सम्वन्धमा आवश्यक आचारसंहिता, काम, कर्तव्य सेवा शर्त लगायत आवश्यक निर्देशिका तर्जुमा गरी लागू गर्ने ।
(ड) संस्थाले आफ्नो उद्देश्य पूरा गर्न चाहिने आवश्यक अन्य विविध कार्यहरु गर्ने ।

Quick Links
Other Pages
Contact Info
Copyright © 2026 Women for Conversion Deumai. All Right Reserved.