Successful Completion of One-Day Menopause Awareness Workshop Organized by Women for Deumai Transformation

मिति2083/02/23

सफलतापूर्वक सम्पन्न: “एक दिने रजोनिवृत्ति (Menopause) सम्बन्धी सचेतना कार्यशाला गोष्ठी” 🌸✨

​अत्यन्तै खुसी र गौरवान्वित छौं। देउमाई रूपान्तरणका लागि महिला संस्थाको आयोजना र माङसेबुङ गाउँपालिकाको गरिमामय आर्थिक सहयोगमा आज आयोजित एक दिने रजोनिवृत्ति (Menopause) सम्बन्धी सचेतना कार्यशाला गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ।

​महिला स्वास्थ्यको एउटा अत्यन्तै संवेदनशील, प्राकृतिक तर समाजमा अझै पनि ओझेलमा परेको ‘रजोनिवृत्ति’ जस्तो गम्भीर मुद्दामाथि केन्द्रित रही माङसेबुङ गाउँपालिकाका विभिन्न वडाबाट पाल्नुभएका आदरणीय शिक्षक, स्वयंसेविका र दिदीबहिनीहरूको उत्साहजनक सहभागितामा यो कार्यक्रम सम्पन्न भएको हो।

​हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन:

​🤝 माङसेबुङ गाउँपालिका परिवारप्रति:

महिलाहरूको रैथाने र संवेदनशील स्वास्थ्य समस्यालाई बुझेर यो महत्त्वपूर्ण कार्यक्रमका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराई सहकार्य गरिदिनुहुने माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, आदरणीय अध्यक्ष ज्यू, उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायत सम्पूर्ण गाउँपालिका परिवार र माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष वडाको टिम र स्वास्थ्य शाखा प्रति संस्थाको तर्फबाट हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछौँ।

​🎙️ सहजकर्ता (Resource Person) ज्यूलाई:

चारवटा महत्त्वपूर्ण सेसनहरू मार्फत रजोनिवृत्तिका शारीरिक तथा मानसिक उतारचढाव र यसको व्यवस्थापनबारे अत्यन्तै सरल, व्यावहारिक र प्रभावकारी ढङ्गले प्रशिक्षण दिनुहुने आदरणीय सहजकर्ता अनुराधा नेपाल ज्यू लाई विशेष धन्यवाद।

​👩‍इन् सहभागी दिदीबहिनीहरूमा:

आफ्नो व्यस्त समयका बावजुद उपस्थित भई सक्रियताका साथ छलफलमा भाग लिनुहुने र आफ्ना अनुभवहरू साटासाट गर्नुहुने सम्पूर्ण उद्यमी तथा आदरणीय दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद। यहाँहरूले यहाँ सिकेका कुराहरूलाई आफ्नो टोल र समुदायसम्म पुर्‍याएर ‘चेतनाका संवाहक’ बन्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।

​💼 संस्थाको सम्पूर्ण कार्यसमिति टिमलाई:

यो कार्यक्रमलाई योजनाबद्ध र व्यवस्थित रूपमा सम्पन्न गर्न अहोरात्र खटिनुहुने देउमाई रूपान्तरणका लागि महिला संस्थाका सम्पूर्ण कार्यसमिति पदाधिकारीहरू, सदस्यहरू तथा सहयोगी साथीहरूलाई उहाँहरूको अथक मिहिनेतका लागि धेरै-धेरै धन्यवाद तथा बधाई।

​📸 उपस्थित सम्पूर्ण शुभेच्छुकहरूमा:

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने, उपस्थित हुनुभएका सम्पूर्ण भद्रभलाद्मी, सञ्चारकर्मी मित्रहरू तथा शुभचिन्तकहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

​महिलाहरूको हकअधिकार, आर्थिक सबलीकरण र स्वास्थ्य सुधारका लागि हाम्रो संस्था आगामी दिनमा पनि यसै गरी निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।

​(कार्यक्रमका केही अविस्मरणीय झलकहरू तस्बिरमा…👇)

Tags :
example, category, and, terms
Share This :

Leave a Reply

Your email address will not be published. Required fields are marked *