सदस्यहरुको वर्गीकरण

संस्थाका देहाय बमोजिम ३ प्रकारका सदस्यहरुको वर्गीकरण गरीएको छ;

​क) साधारण सदस्य: यस विधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि देउमाई नगरपालिका भित्रका महिला नागरिकले तोकिएको प्रकृया अन्तर्गत रहि आवेदन गरेमा संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरु साधारण सदस्य हुनेछन् ।

​ख) संस्थापक सदस्य:- यस संस्था दर्ता हुँदाको बखतका पदाधिकारीहरु संस्थापक सदस्य हुनेछन्। संस्थापक सदस्यहरुले साधारण वा आजीवन सदस्यता लिए विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ।

​ग) आजीवन सदस्य: संस्थाको विकासको लागि विशेष सहयोग दान पुऱ्याउने व्यक्तिहरुलाई तोकिएको प्रकृया अन्तर्गत आजीवन सदस्यता प्रदान गरिनेछ ।

​घ) मानार्थ सदस्य: उपयुक्त ठहर गरेको विशिष्ट समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको मानार्थ सदस्य प्रदान गर्न सक्नेछ ।

संस्थापक सदस्यको नामावली:

अध्यक्ष श्री मिना शिवकोटी

उपाध्यक्ष श्री शान्ता सुब्बा

महासचिव मेनुका चापागाईं

सचिव सावित्रा देवी श्रेष्ठ

कोषाध्यक्ष पवित्रा नेपाली

सदस्य श्री कमला कटेल

सदस्य बन्दना उप्रेती

सदस्य यसोदा खनाल

सदस्य चन्दा राई

हालका संस्थाका पदाधिकारीहरू

अध्यक्ष श्री मिना शिवकोटी

उपाध्यक्ष श्री शान्ता सुब्बा

महासचिव अम्बिका पराजुली

सचिव शोभावती कार्की

कोषाध्यक्ष कमला कट्टेल

सदस्य श्री गुणमाया नेपाली

सदस्य पुर्णकला कटुवाल

सदस्य श्री गीतादेवी श्रेष्ठ

सदस्य श्री कमला रेग्मी

सदस्य श्री बन्दना उप्रेती

सदस्य श्री कमला लुइटेल

सल्लाहकार समिति

संयोजक श्री मुनादेवी श्रेष्ठ

सदस्य श्री दुर्गा माया पोखरेल आचार्य

सदस्य श्री चन्द्र कला चम्लगाई

मानार्थ सदस्य:

शीर्षक ,
छाेटाे अवधिमा सन्तोषजनक परिणाम।
..——-….***
नारी गृहस्थहरूकी मुटुतुल्य जान
हुन्छन् अडेर रहने उसबीच प्राण
त्यो दूषिता हुनगए सब गड्बडिन्छ
त्यो बिग्रिए गृह त्यसै शवतुल्य हुन्छ ।।
– महाकवि देवकोटा ।
प्रसङ्ग:- “देउमाई रुपान्तरणकालागि महिला”
यस संस्थाको लक्ष्य ,उद्देश्य ,सञ्चालित कार्यक्रम ,वर्तमान र भावी याेजना,अवसर र चुनौतीपूर्ण अवस्थाकाे अवधारणा राख्नुभन्दा पहिला हाम्रा पूर्वज वीरङ्गना सम्बन्धि रचिएका आदर्श वाणी,उनीहरूले दिएका अमूल्य याेगदानहरू समाज र राष्ट्र निर्माणकालगि गरेका त्याग र तपस्या साथै वीर गाथालाई चर्चा गर्नु उपयुुक्त ठाने।
जतिबेला मातृ सत्तात्मक युग थियो आमा( महिला ) ले नै मायालु र काेमलताकाे प्रतीक बनेर नेतृत्व गरी घरपरिवार र समाजलाई हाँकिन्थ्याे । देवताले वा कसैले युद्धमा जानु अघि शक्ति ( महिला)को सम्मान ,पूजा गरेर जाने चलन थियो भने शुभ कार्यकाे साइतमा आमा ( महिला ) ले बिघ्नबाधा टरुन् भनी टीका लगाइदिई दही आदि सगुन खुवाएर पठाउने चलन थियो र अझै पनि छँदैछ । धेरै धार्मिक र ऐतिहासिक ग्रन्थहरूमा महिलाले अदम्य शक्ति प्रदर्शन गरेको कुरा त इतिहास साक्षी छँदैछ ।राजा महाराजाहरूकाे असामयिक निधनमा बालक छाेरालाई सिंहासनमा राखेर विधवा आमा( शक्ति )ले साहसपूर्ण काम गरेको संसारको इतिहासले प्रमाणित गरेको छ।
त्यसैकारण शाश्वत दिव्यवाणीहरू समाजमा स्वतस्फूर्त रुपमा सिर्जना हुदैगए ” यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता” ( मानव) यस्ता धेरै ज्वलन्त उदाहरणहरूलाई यहाँ उठान गर्नुकाे ध्येय चाहिँ ” देउमाई रुपान्तरणकालागि महिला ” संस्थालाई हाे।
” महिला षड्गुणा ब्यवहारेषु”परिवार र समाजलाई आफ्नो कला कौशलद्वारा मिलाएर अघि बढाउने क्षमता चैं पुरुष भन्दा महिलामा छ गुना बढी हुन्छ भनेर शास्त्रले ब्याख्या गरेको छ। हिम्मत साहस र धैर्यताका साथ निस्वार्थ निष्पक्ष ,तटस्थताका साथ लम्कीरहेकाे याे संस्थाले माथि उल्लेखित धेरै कुराकाे प्रमाणित छाेटाे समयमा नै गरेको मैले पाएको छु,गति हात्ती लम्काइ र समय र परिस्थिति अनुसार घाेडा चम्काइ पनि हाेस् मेरो शुभेच्छा । २०८१ सालको शुभ साइतमा मङ्गलदीपकासाथ न्वारान गरिएको याे ” देउमाई रुपान्तरणकालागि महिला ” संस्थाले नारीहरू पनि धेरै संयमित र धैर्यताकासाथ नेतृत्व गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण पेश गरिसकेका छन् ।
शिक्षित ,सहनशील चतुर र कुटनीतिज्ञ,मिलनसार धैर्यशाली ,शालीन महिला मीना ( मनिला) घिमिरेकाे सबल नेतृत्वमा २०८१ सालमा स्थानीय सरकार ,जिल्ला र एनजीओ फेडेरेशनमा दर्ता गरी कानुनी प्रकृया पूरागरी समिति गठन ,आजीवन सदस्य र समाजका लब्ध प्रतिष्ठित ब्यक्तित्वलाई मानार्थ सदस्य चयन गरी बुद्धिमतापूर्ण तरिकाले अघि बढाइएको याे संस्थाले धेरै सराेकार संस्थाहरूसित समन्वय गर्नु गौरवको विषय हाे ।

-श्री प्रकाश चन्द्र खनाल

मानार्थ सदस्य: सूर्यप्रसाद पोख्रेलहाल

-मेयर पदमा हुनुहुन्छ उहाँ।

मानार्थ सदस्य: पुण्यप्रसाद घिमिरे

-हाल सेवा निवृत्त जीवन बिताइरहनुभएको ।

-सेवा निवृत्त शिक्षक संघ देउमाई नगरपालिकाको शिक्षक

-संयोजक मङ्गलबारे बहुमुखी क्याम्पस व्यवस्थापन

-समितिको सल्लाहकार समिति सदस्य

मानार्थ सदस्य: चेत प्रसाद दवाडी

देउमाई नगरपालिका वडा नम्बर ४

-भानुभक्त माविको लामो समय सम्म प्राध्यापकको

रुपमा रहेर काम गर्नुभए को  हाल सेवा निवृत्त जीवन बिताइरहनुभएको

मानार्थ सदस्य: अमिर कुमार कटवाल

देउमाई नगरपालिका वडा नम्बर ३

– गजुरमुखी आवासीय माध्यमिक विद्यालय को संस्थापक अध्यक्ष

-जनकल्याण सेवा सङ्घ काठमाडौँ नगरपालिकाको संस्थापक अध्यक्ष

-जलस्रोत मन्त्रालयको शाखा अधिकृत २०४३

डिपी डिजाइका देवी प्रकोप संस्थाको कार्य अनुभवअनुभव

मानार्थ सदस्य: प्रकाशचन्द्र खनाल

देउमाई नगरपालिका वडा नम्बर ४

-भानुभक्त माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष

-सेवा निवृत्त शिक्षक

मानार्थ सदस्य : निरबहादुर चमलगाई

सिद्धिथुमका सात देउमाई

मानार्थ सदस्य: हेममणि प्रधान

हाल दिउमै नगरपालिका वडा नम्बर ४ तल्लो बुधबारे

-कार्य अनुभव नेपाल प्रहरीको डिएसपी सम्मको अनुभव

मानार्थ सदस्य: मेघप्रसाद चम्लगाई

देउमाई नगरपालिका वडा नम्बर ५ हालको बसोबास वडा नं ४

-नेपाल रेड क्रस सोसाइटी मङ्गलबारे उपशाखाको निवर्तमा अध्यक्ष

-मङ्गलबारे बहुमुखी क्याम्पस को व्यवस्थापन समितिको अध्यक्ष

मानार्थ सदस्य : बलराम रिशाल ।

देउमाई नगरपालिका वडा नम्बर ७


मानार्थ सदस्य: नविन प्रसाद आचार्य

स्थायी ठेगाना – दे.न.पा.- ५, इलाम

हाल कार्यरत संस्था – श्री महेन्द्रोदय आधारभूत

मानार्र्थ समस्या: राजेन्द्र योङहाङ

रिटायर शिक्षक

-क्याम्पस व्यवस्थापन समिति सदस्य

मानार्थ सदस्य :प्रेमलाल घिमिरे

देउमाई नगरपालिका वडा नम्बर ५ हाल वडा नम्बर ४ तल्लो बुधबारे

-कार्यरत शिक्षक भानुभक्त  मावि

मानार्थ सदस्य: तिलक बहादुर थापा

देउमै नगरपालिका वडा नम्बर ३ पानीटार

-हाल जिल्ला कृषि सहकारी सङ्घ सचिव

-हिमाल सहकारी संस्था लिमिटेडको लेखा सुपरिवेक्षण समिति संयोजक

मानार्थ सदस्य :लक्ष्मण ढुंगेल

देउमाई नगरपालिका वडा नम्बर ५

हाल रिटायर्ड लाइफ बिताइरहनुभएको

मानार्थ सदस्य: विपिन कार्की

-मङ्गलबारे बहुमुखी क्याम्पस देउमाई इलाम मा ५ वर्ष क्याम्पस प्रमुख र ७ वर्ष प्राध्यापकका रूपमा सेवा प्रदान ।
-नेपाल खुला विश्वविद्यालय, ललितपुरमा एम.फिल. अध्ययनरत। हाल पञ्च मा.वि.स्कुलमा शिक्षक|

Keep Updated

Newsletter

Copyright © 2026 Women for Conversion Deumai. All Right Reserved.